पात्रो

रेडियो

समाचार खोजी

सिरियाको राजधानी दमास्कसको क्याफेमा भीषण विस्फोट, ९ जनाको मृत्यु

साझा अर्थ संवाददाता १९ असार २०८३, शुक्रवार

काठमाडौं : सिरियाको राजधानी दमास्कसको एउटा क्याफेमा बिहीबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सिरियाको स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको छ । मुख्य अदालत भवन नजिक रहेको सो क्याफेमा बिहीबार भएको विस्फोटको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटपछि क्याफेको भुइँमा शवहरू थुप्रिएका थिए भने घाइतेहरूको चिच्याहटले वातावरण भयावह बनेको थियो ।

विस्फोट भएको यन्त्र पुरानो प्रकारको देखिएको दमास्कसका गभर्नर माहेर इदलिबीले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनले दोषीलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाए । विस्फोटपछि सुरक्षा निकायले घटनास्थलको घेराबन्दी गरी अनुसन्धान थालेको छ । गम्भीर घाइतेहरूलाई अस्पताल पुर्याइएको छ ।

यो घटना त्यस्तो बेला भएको छ, जब नयाँ सरकारले राजधानी र आसपासका क्षेत्रमा आतंकवादी गतिविधि रोक्न प्रयास गरिरहेको छ । असद शासनको अन्त्य गरी सत्तामा आएको नेतृत्वले दमास्कस क्षेत्रमा आइएसआइएसविरुद्ध कारबाही गरिरहेको छ । सरकारले अधिकांश क्षेत्र नियन्त्रणमा लिए पनि सुरक्षा चुनौती भने कायमै छ ।

70 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु