पात्रो

रेडियो

समाचार खोजी

भारतीय कामदारका लागि नयाँ ‘खाडी’ बन्दै रुस

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडाैः युक्रेन युद्ध र घट्दो जनसंख्याका कारण श्रमिक अभाव झेलिरहेको रुसले अब भारतीय कामदारहरूको लागि आफ्नो ढोका खोलेको छ। कृषि, निर्माण, रेल, खनिज, तथा सूचना प्रविधिजस्ता विभिन्न क्षेत्रमा भारतीय कामदारहरूको माग उच्च रहेको छ। रुसले उनीहरूलाई आकर्षक तलब, आवास र खानाको व्यवस्था गरिदिँदै छ। हाल रुसमा भारतीय कामदारको संख्या ७० हजार पुगेको जनाइएको छ।

रुसी समाचार एजेन्सी ‘तास’का अनुसार भारतीय कामदारहरू कृषि, निर्माण, सार्वजनिक उपयोगिता, तेल तथा ग्यास, रेल यातायात, जहाज निर्माण, कपडा उद्योग, औषधि, स्वास्थ्य सेवा र सूचना प्रविधिमा कार्यरत छन्। रुसका कार्यवाहक राजदूत रोमन बाबुस्किनले भने, “श्रम गतिशीलता भारत–रुस सहकार्यको नयाँ आयाम हो, जसले दुई देशबीचको विशेष रणनीतिक साझेदारीलाई थप मजबुत बनाउनेछ।”

गत वर्ष डिसेम्बरमा रुसी राष्ट्रपति पुतिनको भारत भ्रमणका क्रममा अवैध आप्रवासन नियन्त्रण तथा अल्पकालीन रोजगारीसम्बन्धी दुई अन्तर–सरकारी सम्झौतामा हस्ताक्षर भएको थियो। रुसले सन् २०२६ मा कम्तीमा ४० हजार भारतीय कामदारलाई रोजगारी दिने लक्ष्य लिएको छ। रुसको जनसंख्या घट्दै गएको र ठूलो संख्यामा मानिस देश छोडेर गएपछि भारतीय कामदारको माग अझ बढेको हो।

रुसमा भारतीय कामदारलाई मासिक ५ सय ५६ देखि ११ सय १२ अमेरिकी डलरसम्म तलब दिइँदै छ। सेन्ट पिटर्सबर्गमा सडक सरसफाइमा कार्यरत भारतीय कामदारले मासिक १ लाख रुबल (करिब १ लाख ३० हजार नेपाली) पाउने गरेको बताएका छन्। साथै उनीहरूलाई आवास, खाना र रुसी भाषा प्रशिक्षणसमेत उपलब्ध गराइएको छ।

यद्यपि, केही भारतीय नक्कली एजेन्टको चपेटमा परी युक्रेन सीमामा युद्धका लागि पठाइएका थिए। भारत सरकारको हस्तक्षेपपछि उनीहरूलाई फिर्ता ल्याइएको थियो। रुसले अब पारदर्शी र जिम्मेवार आप्रवासन प्रणालीको लागि भारतसँग नयाँ सम्झौताको मस्यौदा तयार गरिरहेको छ।

(स्रोत: नवभारत टाइम्स)

55 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु