पात्रो

रेडियो

समाचार खोजी

भेनेजुएलामा शक्तिशाली भूकम्पपछि लगातार परकम्पः नागरिकमा त्रास र चिन्ता थपियो

साझा अर्थ संवाददाता १३ असार २०८३, शनिवार

काठमाडौंः दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा यसै हप्ता आएका दुईवटा विनाशकारी भूकम्पका कारण देश ठूलो मानवीय संकटबाट गुज्रिरहेको छ। यसैबीच, शनिबार फेरि ४.९ म्याग्निच्युडको नयाँ भूकम्पको झटका (परकम्प) महसुस गरिएको छ, जसले सर्वसाधारणमा त्रास झन् बढाएको छ।  
अमेरिकी भूगर्भ सर्वेक्षण (ग्क्न्क्) का अनुसार नयाँ भूकम्पको केन्द्रविन्दु जमिनबाट ५५ किलोमिटर गहिराइमा रहेको थियो। समुद्री तट नजिकै आएको परकम्पका कारण कुनै नयाँ भौतिक वा मानवीय क्षति भएको विवरण भने आइसकेको छैन। 
तर, विशेषज्ञहरूले आगामी दिनहरूमा यस्ता अझै धेरै पराकम्पहरू आउन सक्ने चेतावनी दिएका छन्। 
बुधबार साँझ भेनेजुएलामा एक मिनेटभित्रै ७.१ र ७.५ म्याग्निच्युडका दुईवटा अत्यन्त शक्तिशाली भूकम्पहरू लगातार आएका थिए। ती भूकम्पका कारण राजधानी काराकाससहित देशको उत्तरी क्षेत्रमा ठूला–ठूला भवन र संरचनाहरू भत्किएका छन्। आधिकारिक तथ्याङ्क अनुसार अहिलेसम्म ९२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने ४,५०० भन्दा बढी घाइते भएका छन्। अझै पनि ५०,००० भन्दा बढी मानिस बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।  
लगातार आइरहेका परकम्पहरूका कारण पहिले नै कमजोर भइसकेका भवनहरू भत्किने डर बढेको छ। यसले भग्नावशेषमा पुरिएकाहरूको खोजी गरिरहेका उद्धारकर्मीहरूका लागि ठूलो जोखिम र अवरोध पैदा गरेको छ।  विगत १२५ वर्ष यताकै यो सबैभन्दा ठूलो भूकम्प भएको बताइएको छ। अहिले अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भेनेजुएला पुगेर राहत र उद्धार कार्यमा जुटिरहेका छन्, तर लगातारको परकम्पले जनता घरभित्र फर्कन डराइरहेका छन् र खुला आकाशमुनि रात बिताउन बाध्य छन्।
स्रोतः नवभारत टाइम्स

109 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु