पात्रो

रेडियो

समाचार खोजी

स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सरकारको नीति, डीडीसीका उत्पादनको बजार विस्तार गरिने

साझा अर्थ संवाददाता २७ जेठ २०८३, बुधवार

काठमाडौँ, २७ जेठ :   सरकारले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने नीति अन्तर्गत सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको बजार विस्तारलाई तीव्रता दिने भएको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनहरूको देशव्यापी प्रवर्द्धन, उपभोग वृद्धि र बजार विस्तारका उपायहरूबारे विस्तृत छलफल भएको छ।

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले बैठकमा यो विषयलाई मुख्य कार्यसूचीका रूपमा प्रस्तुत गर्दै स्वदेशी दुग्ध क्षेत्रको संरक्षण, किसानको हित रक्षा र संस्थानको क्षमता अभिवृद्धिका लागि डीडीसीका उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले देशभरका किसानबाट संकलन हुने दूधको प्रभावकारी व्यवस्थापन र दिगो बजार सुनिश्चित गर्न सरकारी निकायहरूबीच बलियो समन्वय आवश्यक रहेको बताउनुभयो। यो कदमले स्थानीय उत्पादनलाई बढावा दिँदै दुग्ध किसानहरूको जीविकोपार्जनमा सुधार ल्याउने सरकारको विश्वास छ।

52 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्