पात्रो

रेडियो

समाचार खोजी

अप्पर तामाकोशीलाई इक्रा नेपालद्वारा ‘डी’ रेटिङ

साझा अर्थ संवाददाता २६ जेठ २०८३, मङ्गलवार

काठमाडौँ, २६ जेठ;  रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको इस्युअर रेटिङलाई ‘डी’ मा पुनः निरन्तरता दिएको छ। इक्रा नेपालको यो रेटिङले कम्पनी ठुलो वित्तीय सङ्कटमा रहेको र ऋण भुक्तानी गर्न नसकी टाट पल्टिएको वा छिट्टै टाट पल्टिने उच्च जोखिममा रहेको सङ्केत गर्छ।

यद्यपि, इक्रा नेपालले कम्पनीलाई यसअघि राखेको ‘असहयोगी इस्युअर’ को सूचीबाट भने हटाएको छ। एजेन्सीका अनुसार यो रेटिङले कम्पनीको समग्र वित्तीय विश्वसनीयतालाई बुझाउँछ र यो कुनै एउटा मात्र निश्चित ऋण वा ऋणपत्रमा आधारित नभई सिङ्गो कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन हो। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको वित्तीय स्वास्थ्य कमजोर रहँदा यसले सेयर बजारका लगानीकर्ताहरूमा थप चिन्ता थपिदिएको छ।

65 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु