पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा सामान्य सुधार

साझा अर्थ संवाददाता २७ जेठ २०८३, बुधवार

काठमाडौँ, २७ जेठ :साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ। उतारचढावका बीच आज नेप्से परिसूचक २.५७ अङ्क (०.०९ प्रतिशत) ले बढेर २,७३६.१७ को विन्दुमा बन्द भएको छ।

परिसूचकमा झिनो हरियाली छाए पनि आज सेयर बजारमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ओरालो लागेको छ। दिनभर कुल ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन साढे ६ अर्ब नजिक पुगेको कारोबार रकम आज २ अर्बभन्दा बढीले घट्दा लगानीकर्तामा केही पर्ख र हेरको अवस्था देखिएको छ।

15 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्