पात्रो

रेडियो

समाचार खोजी

अन्तरराष्ट्रिय स्तरको सम्मेलन बोधी संवादको आयोजना हुने

साझा अर्थ संवाददाता २७ जेठ २०८३, बुधवार

काठमाडौँ २७ जेठः मुलुकको अर्थतन्त्र र भू–राजनीतिको विषयमा  केन्द्रित भई नेपालमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) आयोजक रहेको सो सम्मेलनलाई  ‘बोधि संवाद’  नाम दिइएको छ ।

    मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्मेलन आउँदो मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनसम्म चल्नेछ । सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णका अनुसार सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना तथा दक्षिण एसियामा विकसित हुँदै गएको भू–राजनीतिक परिवेशका बारेमा नेपाली र विदेशी विज्ञहरूबीच  छलफल हुनेछ ।

    बोधि संवादलाई आर्थिक, राजनीतिक तथा भू–राजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहसको साझा मञ्चका रूपमा प्रस्तुत गर्न लागिएको जानकारी दिइयो । सम्मेलनबाट प्राप्त हुने सुझावलाई  लिपिबद्ध गरेर सरकारलाई जानकारी गराउने अध्यक्ष कर्णले बताउनुभयो ।
    
    नेपालको मौलिक ज्ञान तथा सरकारले अगाडि सारेको सौम्य कूटनीतिलाई सहयोग पु¥याउने उद्देश्यले सम्मेलनको नाम नै बोधि संवाद राखिएको कर्णले उल्लेख गर्नुभयो ।

34 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ