पात्रो

रेडियो

समाचार खोजी

सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त

साझा अर्थ संवाददाता २६ जेठ २०८३, मङ्गलवार

  काठमाडौँ, २६ जेठ : सुदन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार नवनियुक्त गृहमन्त्री गुरुङको पद तथा गोपनीयताको सपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुने तय भएको छ।

यसअघि, व्यवसायी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध तथा लिबर्टी र स्टार माइक्रो इन्स्योरेन्समा सेयर लगानीलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि गुरुङले पदबाट राजीनामा दिएका थिए। करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिदको स्रोतमाथि संसद् र सडकमा चर्को आलोचना भएपछि उनी जम्मा २६ दिन मात्र पदमा रहेर बाहिरिएका थिए।

सो विवादपछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा महालेखापरीक्षक शोभाकान्त पौडेल र नायव महान्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको ३ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिले उनको सम्पत्ति र सेयर विवरणको सुक्ष्म अध्ययन गरी ४५ पानाको प्रतिवेदन बुझाउँदै गुरुङलाई ‘क्लिन चिट’ दिएको हो। प्रतिवेदनमा उनीमाथि लागेका आरोपहरूको पुष्टि हुन नसकेको र सम्पत्ति विवरणमा देखिएका केही प्राविधिक त्रुटिहरू व्यक्तिगत बदनियत नभई प्रणालीगत कमजोरीका कारण भएको निष्कर्ष निकालिएको छ। समितिबाट सफाइ पाएसँगै प्रधानमन्त्रीले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गरेका हुन्।

                                                                                                                                                                                              

49 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु