पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य घट्यो

साझा अर्थ संवाददाता २४ जेठ २०८३, आइतवार

काठमाडौँ, २४ जेठः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रुआठ हजार दुई सय र चाँदी रु ३३५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख आठ सय   कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८९५ निर्धारण भएको छ । 

    गत शुक्रबार एक तोला सुन रु तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २३० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

28 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु