पात्रो

रेडियो

समाचार खोजी

एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २७ जेठ २०८३, बुधवार

काठमाडौँ, २७ जेठ :  एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (२७ जेठ) अन्तिम दिन हो। कम्पनीले जेठ २२ गतेदेखि कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

३० करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले कुल ७ लाख ९० हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। जसमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी सेयर सर्वसाधारणलाई खुला गरिएको हो। सीडीएससीका अनुसार अहिलेसम्म २४ लाख ३५ हजारभन्दा बढी आवेदकबाट मागभन्दा ४० गुणा बढी आवेदन परिसकेको छ। अत्यधिक आवेदनका कारण यो आईपीओ गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले ६५ हजार ५७० जनाले मात्र पाउनेछन्।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। केयर रेटिङ्स नेपालले कम्पनीलाई मध्यम जोखिम जनाउने ‘केयर–एनपी बीबी (आईएस)’ रेटिङ दिएको छ। चितवनमा उत्पादन प्लान्ट रहेको यस कम्पनीले विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न प्रकारका रङहरू उत्पादन तथा बिक्री गर्दै आएको छ।

48 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्