पात्रो

रेडियो

समाचार खोजी

कालङ्गा हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

साझा अर्थ संवाददाता २७ जेठ २०८३, बुधवार

काठमाडौँ, २७,जेठ: कालङ्गा हाइड्रो लिमिटेडको आईपीओ आज बुधबार बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा औपचारिक रूपमा बाँडफाँट गरिएको छ। कम्पनीले गत जेठ ८ देखि १३ गतेसम्म सर्वसाधारणका लागि कुल २८ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको थियो।

१ अर्ब ४० करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीको यस आईपीओमा कुल २८ लाख ६० हजार ७६६ वटा योग्य आवेदकबाट ३ करोड ११ लाखभन्दा बढी कित्ताका लागि आवेदन परेको थियो, जुन मागभन्दा १०.८ गुणा बढी हो। मागभन्दा अत्यधिक आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट भाग्यमानी २ लाख ८७ हजार जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी २५ लाख ७३ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ। लगानीकर्ताले आईपीओको नतिजा सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, मेरोसेयर र सानिमा क्यापिटलको वेबसाइटबाट हेर्न सक्नेछन्।

केयर रेटिङ्स नेपालले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदै यसको रेटिङलाई स्तरोन्नति गरी ‘केयर–एनपी बीबी (आईएस)’ प्रदान गरेको छ। यस कम्पनीले बझाङ जिल्लामा १५.३३ मेगावाट क्षमताको कालङ्गा गड जलविद्युत् आयोजना निर्माण गरेको छ।

33 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्