काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ प्रशोचण गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले सो रकम प्रणालीबाट प्रशोचण गर्न लागेको हो ।
निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ प्रशोचण गर्न लागिएको नेपालराष्ट्र बैंकले जनाएको छ । आज दिउँसो ३ बजे अनलाईन बोलकबोल मार्फत सो करम प्रशोचण गरिने नेपाल राष्ट्र बैंकको भनाई रहेको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोलमा क, ख र ग बर्गका बैक तथा वित्तीयसँस्था सहभागिहुन सक्नेछन् । संकलित निक्षेपको सावाँ तथा ब्याजको भुक्तानी असार १९ गते हुने छ । ब्याजदरको निर्धारण बोलकबोल मार्फत तय हुने छ ।