पात्रो

रेडियो

समाचार खोजी

अमेरिकाद्वारा अलीबाबा, बीवाईडी र बाइडु कालोसूचीमा

साझा अर्थ संवाददाता २६ जेठ २०८३, मङ्गलवार

काठमाडौँ, २६ जेठ : अमेरिकाले चीनका ठुला प्रविधि र अटोमोबाइल कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई आफ्नो कालोसूचीमा राखेको छ। अमेरिकी रक्षा मन्त्रालयले यी कम्पनीहरूले चिनियाँ सेनालाई सहयोग गरिरहेको दाबी गर्दै प्रतिबन्धित सूचीमा थपेको हो। पेन्टागनको यो सूची सन् २०२५ मा १३४ रहेकोमा यस वर्ष बढेर १८८ पुगेको छ।

वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकी कदमलाई ‘भेदभावपूर्ण र गलत अभ्यास’ भन्दै तत्काल सच्याउन माग गरेको छ। यता चीनकै सबैभन्दा ठुलो ई-कमर्स कम्पनी अलीबाबाले आफू सैन्य रणनीतिमा आबद्ध नरहेको स्पष्ट पार्दै अमेरिकी निर्णयविरुद्ध कानुनी उपचार खोज्ने घोषणा गरेको छ। बीवाईडी र बाइडुले भने यसबारे आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। यो प्रतिबन्धसँगै विश्वका दुई ठुला आर्थिक शक्तिबीचको व्यापारिक र प्राविधिक युद्ध झनै चर्कने देखिएको छ।

80 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु