पात्रो

रेडियो

समाचार खोजी

सुकुम्वासी शिविरमा रहेकाहरूको उपचार बागमती प्रदेश सरकारले गर्ने

साझा अर्थ संवाददाता २५ वैशाख २०८३, शुक्रवार

काठमाडौैं : बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भक्तपुरका विभिन्न सुकुम्वासी शिविरमा राखिएकाहरूको उपचारको जिम्मा बागमती प्रदेश सरकारले लिने बताउनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएको सुकुम्वासी सेल्टरमा विहिवार अनुगमनकालागि पुग्नु भएका मुख्य मन्त्री बानियाँले उक्त कुरा बताउनु भएको हो । 
सुकुम्वासीसँग कुरा गर्दै मुख्यमन्त्री बानियाँले केन्द्र सरकारले स्थायी बसोबासको व्यवस्था गर्ने तथा प्रदेश सरकारले निःशुल्क स्वास्थ्योपचारको जिम्मा लिने आश्वासन दिनुभयो ।
मुख्यमन्त्री बानियाँसहित स्वास्थ्यमन्त्री किरण थापामगर, पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकासमन्त्री कञ्चन बादे श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले सुकुम्वासी सेल्टरको अनुगमन गरेको थियो ।

82 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्