पात्रो

रेडियो

समाचार खोजी

बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

साझा अर्थ संवाददाता ६ साउन २०८१, आइतवार

काठमाडौं: बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोक्दै नयाँ सरकार गठनकालागि आह्वान गर्नु भएको हो । 
नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख समक्ष राजिनामा दिनु भएको थियो । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठन नहुँदासम्म उहाँलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ । 
नयाँ सरकार गठनकालागि नेपाली काँग्रैस बागमती प्रदेशसभाका संसदीय दलका नेता बहादुर सिंह लामाले मुख्य मन्त्रीमा दावी गर्ने तयारी गरेको नेपाली काँग्रेस निकट स्रोतले जनाएको छ ।

352 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता