पात्रो

रेडियो

समाचार खोजी

लगानीका लागि अभिप्रेरित गर्न आग्रह

साझा अर्थ संवाददाता २३ चैत २०८२, सोमवार

काठमाडौँ, २३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघलाई देशमा लगानीकालागि अभिप्रेरित गर्न आग्रह गनु भएको छ । आज संघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा पौडेलले सो आग्रह गर्नु भएको हो ।  
भेटमा उहाँले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा अन्तरराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन आग्रह गर्नुभयो ।     
 राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताउनु भयो । हालै  सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएको बताउँदै  लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई अङ्गिकार गरेर अघि बढ्नुपर्ने खाँचो औँल्याउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।     
उहाँले गैरआवासीय नेपाली विश्वसम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिनु भएको थियो ।  ।

65 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ