काठमाडौं, २२ चैतः सरकारले शनिवार तथा आइतवार हप्ताको दुई दिन विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको आपूर्तिमा भइरहको असहजताका कारण यस्तो निर्णय गरिएको उहँाँकोभ भनाई रहेको छ । यो निर्णय भोली देखि लागु हुने छ । यस्तै मन्त्रिपरिषद बैठकले बैशाख १५ गतेबाट आगामी शैक्षिक सत्र सुरु गर्ने समेत निर्णय गरेको छ ।