पात्रो

रेडियो

समाचार खोजी

कालिन्चोक दर्शन लिमिटेडका प्रवर्द्धक, प्रभावित क्षेत्रवासी र कर्मचारी सेयरको लक–इन अवधि माघ १७ मा सकिँदै

साझा अर्थ संवाददाता १४ पुष २०८२, सोमवार

काठमाडौं, पौष १३, २०८२ |  कालिन्चोक दर्शन लिमिटेडले प्रवर्द्धक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीका नाममा जारी सेयरको लक–इन अवधि समाप्त हुने सम्बन्धमा सूचना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त लक–इन अवधि आगामी माघ १७, २०८२ मा समाप्त हुनेछ।

धितोपत्र बोर्डद्वारा जारी हालैका मार्गदर्शनअनुसार कम्पनीले आफ्ना लगानीकर्ता तथा सरोकारवालालाई प्रवर्द्धक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारी सेयरमा लागू लक–इन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो। तीन वर्षअघि सार्वजनिक निष्कासनबाट बाँडफाँट भएका ती सेयरमा लगाइएको लक–इन अवधि माघ १७, २०८२ बाट सकिन लागेका छन्।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कालिन्चोक दर्शन लिमिटेडका कूल ६३ लाख कित्ता सेयरमध्ये प्रवर्द्धक समूहसँग ४८ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग १ लाख २० हजार कित्ता तथा कम्पनीका कर्मचारीसँग २१ हजार ६ सय कित्ता सेयर रहेको छ। यी सेयरमा प्रारम्भिक सार्वजनिक निष्कासनपछिदेखि लक–इन व्यवस्था लागू गरिएको थियो।

कम्पनीले जारी गरेको सूचनाअनुसार सञ्चालक समिति सदस्य तथा उच्च व्यवस्थापन तहका कर्मचारीको नाममा रहेको सेयर भने लक–इन अवधि समाप्तिपछि पनि कारोबारयोग्य नहुने स्पष्ट गरिएको छ।

यसैबीच, कम्पनीको सेयर मूल्य अन्तिम कारोबार दिन प्रतिकित्ता रुपैयाँ ८३५ मा बन्द भएको छ।

98 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ