पात्रो

रेडियो

समाचार खोजी

नेप्से ५० अंकले बढ्यो, ७ अर्ब ३ करोडको कारोबार

साझा अर्थ संवाददाता ८ मंसिर २०८२, सोमवार

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से ५०.४४ अंकले बढेर २५५०.६६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३० कम्पनिका एक करोड ४२ लाख ४ हजार ३६२ कित्ता शेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ मा कारोबार भएको थियो ।

आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, बन्दीपुर केवलकार र स्वस्तिक लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज माबिलुङ इनर्जीको शेयर ४.४४ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको २४ करोड ८१ लाखको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २४ करोड ४३ लाख बराबर कारोबार भएको छ ।

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु