पात्रो

रेडियो

समाचार खोजी

युनाइटेड अजोड इन्स्योरेन्सले बोनस सेयर वितरण गर्ने

साझा अर्थ संवाददाता ३२ असार २०८३, बिहिवार

काठमाडौँ, ३२ असार: युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। काठमाडौँमा आयोजित सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहित सञ्चालक समितिले पेस गरेका सम्पूर्ण सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

सभाले कम्पनीको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई ४.२८५७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। यसबापत ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान गरिनेछ। साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.२२५६ प्रतिशत अर्थात् ५२ लाख १० हजार रुपैयाँ नगद लाभांश समेत स्वीकृत गरेको छ।

नियामक निकायको स्वीकृतिपछि बोनस सेयर जारी भएपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। हाल देशभर १०४ वटा शाखा, उपशाखा र तेस्रो पक्ष बीमा काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको कम्पनीले आगामी आर्थिक वर्षमा थप सबल कार्ययोजनाका साथ सेयरधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता जनाएको छ।

2 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु