काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीलेले सर्वसाधारणका लागि जारी गरिने एक सय रुपियाँ अंकित दरका २१ लाख छ हजार कित्ताले हुन आउने २१ करोड छ लाख रुपियाँ रकम बराबरको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको हो ।
आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियूक्त गरेको छ ।
सेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
नेशनल फण्ड म्यानेजमेन्ट कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमाबली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई सञ्चालन गर्न इजाजत प्राप्त गरेको छ । साथैे बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्रको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ ।
कम्पनी कोष व्यवस्थापक रहि पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” सञ्चालन गर्दै आएकोे छ ।