पात्रो

रेडियो

समाचार खोजी

बाराको सिमरामा आजपनि कर्फ्यु

साझा अर्थ संवाददाता ४ मंसिर २०८२, बिहिवार

बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।

आज विरगंज-पथलैया सडकको पथलैया चोक  दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरी ५०० मिटरसम्म कर्फु लगाइएको छ । 

बुधबार एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले गएराती ८ बजेसम्म कर्फ्यू जारी गरेको थियो । 

विहिबार बिहानै देखि युवाहरु प्रदर्शनमा निस्किएपछि प्रशासनले आजपनि कर्फ्यु लगाएको छ ।

85 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ