काठमाडौंः नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप प्रशोचण गर्ने भएको छ । बैंकहरुमा रहेको अधिक तरलता ब्यवस्थापन गर्न राष्ट्रबैंकले सो निक्षेप प्रशोचण गर्न लागेको हो ।
बैक हरुमा रहेको अधिक तरलता ब्यवस्थापन गर्न निक्षेप संकलन उपकरण मार्फत ५० अब बैंङ्किङ प्रणालीबाट प्रशोचण गर्न लागिएको नेपाल राष्ट्रबैंकले जनाएको छ । बोलकबोल मार्फत राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र भाग लिन पाउने गरी निक्षेप प्रशोचण गरिन लागेको हो ।
अनलाइन खरिद प्रणालीमार्फत बोलकबोलबाट रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले भाग लिन सक्नें छन् । यसको सवाँ तथा ब्याज भुक्तानी माघ १८ गते गरिने नेपाल राष्ट्रबैंकले जनाएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म राष्ट्र बैंकले जनाएको छ ।