पात्रो

रेडियो

समाचार खोजी

यस पटक हामी झुक्दैनौं- गगन थापा

साझा अर्थ संवाददाता २ मंसिर २०८२, मङ्गलवार

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यस पटक नझुक्ने बताएका छन् ।

एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टीमा रिफर्म गर्ने की नगर्ने भन्ने दुई पक्षीय विचारको द्वन्द भएको बताउदै आफुहरु यस पटक नझुक्ने र नझुक्किने स्पष्ट गरेका छन् ।

महामन्त्री थापाले आफुहरु चुनावमा जानुभन्दा अगाडी पार्टीमा रिफर्म हुनुपर्ने अडानमा रहेको भन्दै देशभरका नेता कार्यकर्तालाई नआत्तिन र संगठनको काममा निरन्तर लाग्न आग्रह गरेका छन् । महामन्त्री थापाले भनेका छन्- 'पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ।

जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको भन्दै कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति नभएर पार्टी सुधारको दिशाबारे भएको बताएका छन् । आम नागरिकले पुरानै शैलीले अब काँग्रेस चल्दैन भन्ने स्पष्ट सन्देश दिएको भन्दै सुधार गरेर मात्र विश्वास फर्काउनुपर्ने बताएका छन् ।

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ