पात्रो

रेडियो

समाचार खोजी

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा

साझा अर्थ संवाददाता २९ कार्तिक २०८२, शनिवार

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताउनुभएको छ । 

नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताउनुभयो । 

“महासङ्घले उद्यमी–व्यवसायीका समस्या समाधानका लागि प्रयत्न गर्दै आएको छ,  श्रम समस्या होस् वा डेडिकेटेड  ट्रङ्कलाइन विवादको विषय  । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनलगायत उद्यमी–व्यवसायीका समस्या समाधानका लागि राज्यका जिम्मेवार पदाधिकारीसँग वार्ता गरी  समाधानको  प्रयत्न गरेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले त्यसका लागि महासङ्घको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आबद्ध सङ्घसंस्थाहरु र त्यसका सदस्यहरुको सहभागितामा रु १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिनुभयो । 

46 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ