पात्रो

रेडियो

समाचार खोजी

दुई दिने भ्रमणका लागि भुटान पुगे मोदी

साझा अर्थ संवाददाता २५ कार्तिक २०८२, मङ्गलवार

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री मोदीले भुटान पुगेर भनेका छन्- 'म भुटान पुगेको छु । स्वागतको लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु । यो भ्रमणले दुई देशबीचको मित्रता र सहयोगको गहिरो बन्धनलाई प्रतिबिम्बित गर्दछ ।'

प्रधानमन्त्री मोदीले उनको भ्रमणले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

95 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ