पात्रो

रेडियो

समाचार खोजी

आरएसडीसी लघुवित्तको १२औं AGM मङ्सिर १२ मा, ८ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २४ कार्तिक २०८२, सोमवार

काठमाडौँ, कात्तिक २४ गते । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नका लागि आज अन्तिम दिन परेको छ। कम्पनीले भोलिदेखि (कात्तिक २५ गते) पुस्तक बन्द  गर्ने भएको छ। कम्पनीले मङ्सिर १२ गते, २०८२ मा आफ्नो १२औं वार्षिक साधारण सभा (AGM) बुटवलस्थित वेस्टर्न एसियन होटल प्रा.लि. मा बिहान ११ः०० बजे आयोजना गर्ने निर्णय गरेको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरिनेछ।
सञ्चालक समितिको १७६औं बैठकले असोज ११ गते बसेर रु. १ अर्ब ३ करोड बराबरको भुक्तानी पूँजीका आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले जानकारी दिए अनुसार, कात्तिक २५ गतेदेखि पुस्तिका बन्द हुने भएकाले आजसम्म शेयरधनीको नाम दर्ता भएका लगानीकर्ताहरूले मात्र लाभांश पाउने र वार्षिक सभामा सहभागी हुन सक्नेछन्।

113 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु