पात्रो

रेडियो

समाचार खोजी

आज लाभांश लिन अन्तिम दिन : गुराँस लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आइएमई बैंक

साझा अर्थ संवाददाता १३ कार्तिक २०८२, बिहिवार

काठमाडौँ, कात्तिक १३ गते । आज गुराँस लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आइएमई बैंक ले प्रस्ताव गरेको लाभांश लिन अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले चाँडै वार्षिक साधारणसभा पनि बोलाएका छन्।

गुराँस लघुवित्त वित्तीय संस्था

संस्थाले आफ्नो १०औं वार्षिक साधारणसभा कात्तिक २३ गते धनकुटाको हिले काञ्जिरोवा मकालु होटलमा बिहान ९:०० बजे आयोजना गर्नेछ। कम्पनीको १५५औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो, जसमा १४.२५ प्रतिशत बोनस सेयर (रु. १ करोड ६५ लाख बराबर) र ०.७५ प्रतिशत नगद लाभांश (करसहित रु. ८ लाख ६८ हजार ८७१) समावेश छ।
किताव बन्द मिति कात्तिक १४ तय गरिएको छ। आजसम्म नामावलीमा रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् र AGM मा सहभागी हुन सक्नेछन्।

मुक्तिनाथ कृषि कम्पनी

कम्पनीले आफ्नो ७औं वार्षिक साधारणसभा कात्तिक २१ गते काठमाडौंको सिल्भर ओक बैंक्वेट, गैरीधारामा साँझ ४:३० बजे आयोजना गर्नेछ।
२४ असोज २०८२ मा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। यसमा ८ प्रतिशत बोनस सेयर (रु. ५ करोड ५९ लाख) र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि रु. २९ लाख ४७ हजार) समावेश छ।
किताव बन्द मिति कात्तिक १४ तोकिएको छ।

ग्लोबल आइएमई बैंक

बैंकले आफ्नो १९औं वार्षिक साधारणसभा कात्तिक २६ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे आयोजना गर्नेछ।
४५९औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि ८ प्रतिशत नगद लाभांश (करसहित रु. ३ अर्ब ४ करोड) प्रस्ताव गरेको थियो।
किताव बन्द मिति कात्तिक १६ रहेको छ।

ती कम्पनीका सेयरधनीहरूले आजसम्म आफ्नो सेयर कायम गरेमा मात्र लाभांश पाउनेछन् र साधारणसभामा सहभागी हुन सक्नेछन्।

89 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ