पात्रो

रेडियो

समाचार खोजी

नेप्से ६२. दशमलब २९ अंकले बृद्धी

साझा अर्थ संवाददाता ११ कार्तिक २०८२, मङ्गलवार

काठमाडौ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २ हजार ५७१.३४ विन्दुमा कायम भएको छ । मंगलबार सेयरबजारमा ३१४ कम्पनीका सेयर कारोबार भएकोमा  कुल ९२ लाख ४३ हजार ७२३ कित्ता ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको हो । आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको बाहेक अरु सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ४.४७ प्रतिशतले बढेको छ । जलविद्युत समूहको परिसूचक ३.९० प्रतिशत र जीवन बीमा समूहको परिसूचक ३.५५ प्रतिशतले बढेको पाइएको छ ।

67 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु