पात्रो

रेडियो

समाचार खोजी

कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने

साझा अर्थ संवाददाता १० भदौ २०८२, मङ्गलवार

काठमाडौं:नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था तथा शासन समितिको सभापति बनाउने भएको छ ।

आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरको हो ।

योसँगै हाल संसदीय सुनुवाइ समितिको सभापति रहेको न्यौपानेले राजीनामा दिने भएकी छन् ।

यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।

संघीय संसद सचिवालयले समितिको सभापतिको निर्वाचनको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिने समय रहेको छ । सभापति मनोनयनका लागि समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्ने छ। कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ ।

संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन हुन लागेको छ ।

132 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ