पात्रो

रेडियो

समाचार खोजी

४८ लाख बराबरीको चाईनिज ईलेक्ट्रिकल भेप बरामद

साझा अर्थ संवाददाता १० भदौ २०८२, मङ्गलवार

बर्दिया: बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट सशस्त्र प्रहरीले करिब ४८ लाख रुपैयाँ बराबरको चाईनिज ईलेक्ट्रिकल भेप बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले दुई वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९२० वटा चाईनिज ईलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।

उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथ फरार भएका थिए । बरामद भेप आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ ।  

 

186 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्