पात्रो

रेडियो

समाचार खोजी

स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि

साझा अर्थ संवाददाता १५ साउन २०८२, बिहिवार
समाचार सारांश

रकमान्तर गर्दा ख्याल गर्नुपर्ने विषयलाई समेत कार्यविधिमा थप प्रष्ट पार्ने प्रयास गरिएको कार्यविधिले मन्त्रालय तथा मातहतका कार्यालयहरुमा देखिएको बेरुजु समस्या सम्बोधनमा समेत विशेष मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि जारी गरेको छ । मन्त्री प्रदीप पौडेलले बिहीबार मन्त्रालयअन्तरगतका कार्यालयहरुको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गर्नुभएको हो ।
कार्यविधिले मन्त्रालय तथा अन्तरगतका कार्यालयहरुको आर्थिक कारोबार तथा वित्तीय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्नें अपेक्षा गरिएको छ । साथै मन्त्रालयमा आर्थिक मितव्ययीता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।
बजेट तर्जुमा, रकमान्तर प्रक्रिया, खर्च नियन्त्रण, बेरुजु  व्यवस्थापन, अन्तरसम्बन्ध तथा पारदर्शीता जस्ता विषयलाई कार्यविधिले समेटेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।
कार्यविधिले मन्त्रालयको आन्तरिक कार्यसम्पादन तथा अभिलेख प्रक्रियालाई प्रभावकारी बनाउने र कर्मचारीहरुलाई यसमा थप जिम्मेवार बनाउने समेत लक्ष्य राखेको छ ।
साथै कार्यविधिले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ध्यान दिनुपर्ने आधारहरु प्रष्ट गरेको छ । रकमान्तर गर्दा ख्याल गर्नुपर्ने विषयलाई समेत कार्यविधिमा थप प्रष्ट पार्ने प्रयास गरिएको छ ।
कार्यविधिले मन्त्रालय तथा मातहतका कार्यालयहरुमा देखिएको बेरुजु समस्या सम्बोधनमा समेत विशेष मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ