पात्रो

रेडियो

समाचार खोजी

ज्योति विकास बैङकद्वारा इन्टर बैङ्क टेलर क्यूआर भुक्तानी सेवा सञ्चालन

साझा अर्थ संवाददाता १४ साउन २०८२, बुधवार
समाचार सारांश

ज्योति विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवमा इन्टर बैंक टेलर क्यूआर सेवा सुरु गरेको छ। यस सुविधाबाट अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले ज्योति बैंकका शाखाबाट नगद झिक्न सक्नेछन्। सेवा प्रयोग गर्न वैध परिचयपत्र आवश्यक हुनेछ। खाताविहीन ग्राहकलाई समेत लक्षित यस सेवाले डिजिटल बैंकिङ प्रवर्द्धन र ग्राहक सुविधामा वृद्धि गर्ने बैंकको दिगो लक्ष्यलाई समर्थन गर्छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ । ज्योति विकास बैङ्क लिमिटेडले डिजिटल सेवा प्रवद्र्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धतालाई निरन्तरता दिंदै इन्टर बैङ्क टेलर क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ ।
बैङ्कले स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा उक्त सेवा  सञ्चालनमा ल्याएको हो । डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैङ्कमा खाता नभएका नागरिकहरुले पनि आफ्नो सम्बन्धित बैङ्कको मोबाइल बैङ्किङ एपको प्रयोगबाट ज्योति विकास बैङ्कको जुनसुकै शाखामा गई नगद निकाल्न सक्नेछन् ।
बैङ्कको शाखाहरुमा रहेको तोकिएको क्यूआरलाई स्क्यान गरी नगद निकाल्न पाइने यस सुविधाले आम नागरिकहरुलाई थप सहजता हुने विश्वास बैङ्कले लिएको छ ।
यो सेवा उपयोग गर्न, सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैङ्क तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैङ्किङ सुविधा सक्रिय रहेको हुनुपर्छ । ज्योति विकास बैङ्कमै खाता हुनुपर्छ भन्ने छैन ।
यस भुक्तानी सेवा प्रयोग गर्नलाई ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्छ । एटीएम अथवा आफ्नो सम्बन्धित बैङ्कको शाखा पायक नपरेको अवस्थामा ज्योति विकास बैङ्कमा खाता नभएता पनि यो सुविधा उपलब्ध हुने छ ।
ज्योति विकास बैङ्कले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही आधुनिक बैङ्किङको दिशामा सार्थक कदम अघि बढाउने उद्देश्यपूर्ति स्वरुप यो सेवा पनि थप गरेको जनाएको हो । भविष्यमा अझ प्रभावकारी र नविनतम समाधानमार्फत ग्राहक सेवालाई थप सशक्त बनाउँदै लैजाने बैङ्कको दिगो प्रतिबद्धता रहेको छ ।

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ