पात्रो

रेडियो

समाचार खोजी

सेयर नभएका डिम्याट खाता अब रोक्का गरिने

साझा अर्थ संवाददाता ८ साउन २०८२, बिहिवार

 काठमाडौँः शेयर नहुने डिम्याट खाता अब रोक्का गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार जारी गरेको आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार शेयर नभएका खाता रोक्का गरिने भएको हो । 
यसैगरी पाँच वर्षदेखि नवीकरण नगरेका डिम्याट खातासमेत स्थगन गरिने नीति तथा कार्याक्रममा उल्लेख छ । 
बोर्डले नयाँ व्यवस्थाबारे सरोकारवाला निकाय सिडिएससीलाई निर्देशन समेत दिइसकेको छ । बोर्डले सिडिएससीलाई विद्यमान व्यवस्थामा परिमार्जन गर्न, पाँच वर्षदेखि नवीकरण नभएका र खातामा धितोपत्र मौज्दात नभएका डिम्याट खाता बन्द गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्ता खाता बन्द गर्दा नवीकरण शुल्क प्राप्त हुन नसकेमा सो छुट दिने र निक्षेप सदस्यले नवीकरण शुल्क प्राप्त गरेपछि मात्र केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनुपर्ने दस्तुर वा शुल्क बुझाउने व्यवस्था गरी सम्बन्धित विनियम संशोधनका लागि बोर्डमा पेस गर्न निर्देशन दिइएको छ ।

290 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता