पात्रो

रेडियो

समाचार खोजी

चारतारे होटल सिराइचुलीले आईपीओ जारी गर्ने

साझा अर्थ संवाददाता ८ साउन २०८२, बिहिवार

काठमाडौंः चितवनमा रहेको चारतारे होटल सिराइचुली लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।
सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे। 

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले युक्त चारतारे होटल हो। यसमा आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैक्वट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा सहित उच्चस्तरीय सुविधा सम्पन्न कोठाहरु रहेका छन्।

होटल सिराइचुलीबाट हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ भने उत्कृष्ट आतिथ्यताको लागि अत्याधुनिक सजावटका साथ तयार गरिएका कोठाहरु र सुइटहरुमा बसोबास गरी आफ्नो यात्राको थकानलाई मेटाउन सकिने कम्पनीले जनाएको छ।

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता