काठमाडौं: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ९० पैसा र बिक्री दर १३८ रुपैयाँ ५० पैसा तोकिएको छ। यसैगरी, युरोपेली युरोको खरिद दर १६१ रुपैयाँ ३० पैसा र बिक्री दर १६२ रुपैयाँ, बेलायती पाउण्डको खरिद दर १८५ रुपैयाँ ८५ पैसा र बिक्री दर १८६ रुपैयाँ ६६ पैसा, र स्विस फ्र्याङ्कको खरिद दर १७२ रुपैयाँ ९८ पैसा र बिक्री दर १७३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्रामध्ये, अस्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९० रुपैयाँ २१ पैसा, क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ ८१ पैसा र बिक्री दर १०१ रुपैयाँ २५ पैसा, र सिङ्गापुर डलरको खरिद दर १०७ रुपैयाँ ५९ पैसा र बिक्री दर १०८ रुपैयाँ ६ पैसा निर्धारण भएको छ।
त्यस्तै, एसियाली मुद्राहरूमा जापानी येन (१० को लागि) खरिद दर ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ २२ पैसा र बिक्री दर १९ रुपैयाँ ३० पैसा, र मध्यपूर्वी मुद्रा साउदी रियालको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको छ।
राष्ट्र बैङ्कले यो दरलाई आवश्यकतानुसार कुनै पनि समयमा समायोजन गर्न सक्ने बताएको छ भने वाणिज्य बैङ्कहरूले तोक्ने दर फरक हुनसक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
साझा अर्थ संवाददाता