पात्रो

रेडियो

समाचार खोजी

शिवश्री हाइड्रो र सिटी होटेलले बोर्डबाट पाए हकप्रद निष्काशन अनुमति

साझा अर्थ संवाददाता ५ साउन २०८२, सोमवार

काठमाडौँ : शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटेल लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले आज साउन ४ गते यी दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

शिवश्री हाइड्रोले हाल कायम चुक्ता पुँजीको एक सय प्रतिशत र सिटी होटेलले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएका हुन्।

अब शिवश्री हाइड्रोले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

त्यस्तै सिटी होटेलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता