पात्रो

रेडियो

समाचार खोजी

तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

साझा अर्थ संवाददाता ४ साउन २०८२, आइतवार

काठमाडौं : तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । शेयरमा आवेदन दिने म्याद श्रावण ११ गते सम्म थप गरिएको हो । 
कम्पनीको शेयर विक्री प्रबन्धक इन्भेस्टमेन्ट बैंकिङका अनुसार अब तेह्रथुम पावरको हकप्रद शेयरमा श्रावण ११ गतेसम्म आवेदन दिन सकिनेछ यस अघि आज सम्म आवेदन दिने म्याद थियो । कम्पनीले गत असार १६ गतेबाट आफ्ना शेयरधनीलाई हकप्रद शेयर खुला गरेको थियो । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावरलाई हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता