काठमाडौंः नेपाल बजारमा शुक्रवार सुनको मूल्य २ सयले बढेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीका मूल्य पनि आज प्रतितोला १५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता