काठमाडौः सानिमा बैंकले ग्राहकहरुकालागि दराजसंग महाबचतबजार २०८२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्तगर्न सक्ने छन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु ५००/– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु ७५०/– सम्मको छुट प्राप्त गर्न सक्ने सानिमा बैंकले जनाएको छ ।
यो योजना २०८२ श्रावण २ देखि १५ गतेसम्म १४ दिनकालागि लागू हुनेछ ।
छुटकालागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नु पर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ता बन्दी (भ्ःक्ष्) सुविधा पनि प्राप्त गर्न सक्ने छन् ।
साझा अर्थ संवाददाता