पात्रो

रेडियो

समाचार खोजी

एसबीआई बैंकको ऋण पत्रमा आजसम्म आवेदन दिन सकिने

साझा अर्थ संवाददाता १ साउन २०८२, बिहिवार


काठमाडौंः  नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिनेछ । आज ऋणपत्रमा आवेदन दिने म्याद समाप्त हुँदै छ । 
बैंकले असार ३० गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गरेको थियो । 
ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने छन् ।  सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिदकालागि  आवेदन गर्न सक्ने छन् ।
ऋणपत्र १० वर्षे अवधिकालागि हो ।  यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्ने छन् ।  ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता