पात्रो

रेडियो

समाचार खोजी

वाणिज्य बैंकहरुद्वारा १०६ अर्ब बढी शेयर कर्जा प्रवाह, सबैभन्दा अगाडि नबिल बैंक

साझा अर्थ संवाददाता १ साउन २०८२, बिहिवार

काठमाडौंः चालु आर्थिक वर्षको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले १ खर्ब ६ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन्। २०८२ जेठसम्ममा वाणिज्य बैंकहरुले यो रकम बराबरको शेयर धितो कर्जा प्रवाह गरेका हुन्।

गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ९० अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका थिए। २०८१ असारदेखि २०८२ जेठसम्मको अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गरेको शेयर धितो कर्जा ५०.९५ प्रतिशतले बढेको देखिन्छ।

जस मध्ये नबिल बैंकले सबै भन्दा धेरै १५ अर्ब ७ करोड बराबरको शेयर धितो कर्जा प्रवाह गरेको छ।  त्यस्तै ग्लोबल आईएमई बैंकले ११ अर्ब ६० करोड शेयर धितो कर्जा प्रवाह गरेको छ।

त्यसपछि कुमारी बैंकले ९ अर्ब ४७ करोड, सिद्धार्थ बैंकले ८ अर्ब ४१ करोड, प्राइम कमर्शियल बैंकले ८ अर्ब १६ करोड तथा नेपाल बैंकले ७ अर्ब ७२ करोड शेयर धितोकर्जा प्रवाह गरेका छन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गर्ने गरेको छैन। नेपाल एसबिआई बैंकले सबै भन्दा कम अर्थात् ६१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेको छ भने एनएमबि बैंकले २ अर्ब २० लाख रुपैयाँको शेयर धितोकर्जा प्रवाह गरेको छ।

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्