काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सयले घटेको छ । मंगलवार स्थिर रहेको सुनको मूल्यमा आज गिरावट आएको हो ।
नेपाल सुनचाँदि ब्यावसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार सुनको मुल्य मूल्य तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्यमा पनि आज १५ रुपैयाँ गिरावट आएको छ । आज चाँदी प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई रहेको छ । मंगलबार चाँदीको भाउ तोलाको २२ सय ७५ रुपैयाँ रहेको थियो ।
साझा अर्थ संवाददाता