काठमाडौं : मंगलवार सेयर बजारमा ३४ दशमलब ४६ अंकको बृद्धी भएको छ । आज नेप्से सूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा बन्द भएको छ । आज ९ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
मंगलवार सबै भन्दा बढी बैंकिङ समूह १.८१ र फाइनान्स समूह १.७९ प्रतिशतले बढेको छ । ३१७ कम्पनीको २ करोड ६५ लाख कित्ता भन्दा बढी को सेयर कारोबार भएको नेप्सेको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता