पात्रो

रेडियो

समाचार खोजी

ट्रेड टावरको ओपनिङ रेञ्ज १२३ दशमलब ०९ देखि ३६९ दशमलब २७ सम्म

साझा अर्थ संवाददाता ३१ असार २०८२, मङ्गलवार

काठमाडौंः नेप्सेले  ट्रेड टावर लिमिटेडको आइपीओलाई  ओपनिङ रेञ्ज १२३ दशमलब ०९ देखि ३६९ दशमलब २७ सम्म प्रदान गरेको छ । मंगलवार आइपीओ नेप्सेमा सुचिकृत भएसँगै सो कम्पनीको शेयरलाई ओपनिङ रेञ्ज तोकिएको हो ।

कम्पनीकोे ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएको छ । यसमा सर्वसाधारण सेयरधनीहरुलाई वितरण गरेको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर संलग्न छ । यसको दोस्रो बजारमा काराेवार टिटिएल संकेतबाट हुने नेप्सेले जनाएको छ ।

247 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता