पात्रो

रेडियो

समाचार खोजी

अपर हेवाखोलाको लकइन आजबाट समाप्त हुँदै

साझा अर्थ संवाददाता ३१ असार २०८२, मङ्गलवार

काठमाडौंः अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त हुँदै छ । कम्पनीको ३५ लाख ३० हजार कित्ता शेयरको  लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।  
संस्थापक सेयर, स्थानीयय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि आज समाप्त हुन लागेको कम्पनीले जानकारी दिएको छ । 
३० लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ३० हजार कित्ता शेयरको लक इन अवधि आजबाट खुल्न लागको हो ।

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता