पात्रो

रेडियो

समाचार खोजी

बन्दिपुर केवलकारले श्रावण ६ बाट आइपीओ निष्काशन गर्ने

साझा अर्थ संवाददाता ३० असार २०८२, सोमवार

काठमाडौः बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले सो दिन बाट आयोजना प्रभावित तथा बैदेशिक रोजगारीमा रहेका  नेपालीहरुकालागि आइपीओ निष्काशत तथा विक्रि आवेदन खुल्ला गर्ने भएको हो । 
कम्पनीका अनुसार स्थानिय वास्न्दिा तथा बैदेशिक राजगारीमा रहेका नेपालीहरुकालागि कुल कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागिएको छ । कम्पनीले धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता साधारण सेयर प्रतिशेयर एक सय रुपैयाँका दरले  निष्कासन गर्न अनुमति पाएको थियो ।  
जारीपूँजीको २ प्रतिशत दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुकालागि तथा सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुकालागि जारी गरिने कम्पनीले जनाएको छ । 
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका हरुको लागि खोलिएको आईपीओ  छिटोमा साउन ९ गते र ढिलोमा भदौ २० गते बन्द हुने छ । कम्पनीको शेयर विक्री प्रबनधनको काम नेपाल एसबीआई मर्चेन्ट बैंङ्कीङ ले गर्ने छ । दोस्रोचरमा सर्वसाधारणकालागि  आइपीओ निष्काशन गरिने कम्पनीले जनाएको छ ।

94 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता