काठमाडौंः नेपाल राष्ट्रबैकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्षकालागि तयार गरेको मौद्रिक नीति आज अपरान्ह सार्वजनिक गरिने भएको हो ।
मौद्रिक नीति राष्ट्रबैंक सञ्चालक समितिले पारित गरेपछि १२ः ३० बजे सार्वजनिक गरिने छ । सुस्ताउँदो अर्थ तन्त्रलाई उकास्न नेपाल राष्ट्रबैंकले कस्तो मौद्रीक नीति ल्याउँछ त्यसलाई निक्क महत्वका साथ हेरिएको छ ।
ऋणिहरुलाई राहातकालागि कर्जा पून तालिकीकरण, बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिएको पूँजी परिचालन, रियल स्टेटलाई चलायमान बनाउने, पूँजीबजारलाई थप गतिशील बनाउने, बैंक तथा वित्तीय संस्थाहरुको बिग्रँदो बुकलाई सुधार्ने लगायतका एजेन्डा मौद्रिक नीतिले समेटने सर्वसाधारणको अपेक्षा छ ।
नयाँ बैंकको लाइसेन्स खुल्ला गर्ने, सेयरधितो कर्जाको सीमा खुकुलो बनाउने, बैंक तथा वित्तीय संस्थाहरुले पूँजीबजारमा गर्ने लगानीका कतिपय अप्ठ्यारा व्यवस्थाहरुलाई खुकुलो बनाउने गरी तयार गरिने राष्ट्रबैंक सुत्रले जानकारी दिएको छ । नव नियुक्त गभर्नर विश्व पौडेलको यो पहिलो मौद्रिक नीत भएकोले पनि यसलाई सर्वसाधारणले निक्के चासोकासाथ हेरिरहेका छन् ।
साझा अर्थ संवाददाता