पात्रो

रेडियो

समाचार खोजी

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

साझा अर्थ संवाददाता २६ असार २०८२, बिहिवार

काठमाडौंः नेपाल टेलिकमले आफ्ना ग्रहकरुको सुविधाकालागि मनसुन अफर २०८२ ल्याएको छ । कम्पनीले आजबाट सो अफर ग्राहकहरु माझ ल्याएको हो । 
अफर अन्तर्गत विभिन्न सुविधा भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराईने नेपाल टेलिकमका प्रबक्ता रविन्द्र मानन्धरले जानकारी दिनुभयो । विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३०% छुटमा समेत उपलब्ध गराइने छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *1415#  डायल गरेर वा नेपाल टेलिकम एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्ने श्रेष्ठको भनाई रहेको छ ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता