पात्रो

रेडियो

समाचार खोजी

प्रभु इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा २३ साउनमा, १८.९५% लाभांश पारित गर्ने प्रस्ताव

साझा अर्थ संवाददाता २५ असार २०८२, बुधवार

काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड (PRIN) ले २९औं वार्षिक साधारण सभा (AGM) २३ साउन २०८२ गतेका दिन तीनकुनेस्थित प्रभु कम्प्लेक्समा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि कूल १८.९५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा रहनेछ। कम्पनीको असार ८ गते बसेको ४४९औं सञ्चालक समितिको बैठकले १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

सभामा लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू अनुमोदन गर्ने र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

कम्पनीले बोनस सेयर वितरणपछि चुक्ता पूँजीमा वृद्धि हुने भएकाले त्यसलाई आधार मानेर ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि AGM मा पेश गरिनेछ। यसअघि कम्पनीले ५०.१५ प्रतिशत हकप्रद सेयर ल्याउने घोषणा गरेको थियो तर पूँजी वृद्धिपछि उक्त अनुपात घटाएर ४७ प्रतिशत कायम गरिएको हो।

कम्पनीले बुक क्लोज मिति २ साउन २०८२ तोकेको छ। सो मितिभन्दा अगाडि सेयर किनिसकेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

242 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्